
खोटाङ – खोटाङको हलेसी घुमेर सिराहा फर्किँदै गरेको यात्रुबाहक गाडी सोमबार बिहान दुर्घटनामा परेको छ। बिहान करिब ८:३० बजे हलेसी तुवाचुङ नगरपालिका–१ को डौठे खोलानजिक गाडी २०० मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि घुर्मीस्थित स्वास्थ्य केन्द्र लगिएको छ। गाडीमा करिब १७ जना यात्रु रहेको अनुमान गरिएको छ। मृतकको पहिचान अझै खुलेको छैन।
गाडी सिराहा, नरहा नगरपालिका–५ फर्किँदै गरेको विङ्गर (प्र.२–०–१–००१ ज ००५३ नम्बर) थियो। दुर्घटनापछि यात्रुहरू छरिएका कारण खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे