
डोटी , २८ चैत । डोटीको सायल गाउँपालिका–६ दल्लेखस्थित एक घरमा बुधबार राति चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। चट्याङ लागेर ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो। मृतक कमलाका १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा शङ्कर घाइते भएका छन्।
त्यस्तै, सोही ठाउँकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय खुसी नागरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ। चट्याङका कारण घरमा ठूलो क्षति पुगेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे