काठमाडौँ , ४ असोज | सोमबार साँझको चट्याङमा परेर सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १२, घारिबथानका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार राति महोत्तरीको बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याइएको तर अस्पतालमा पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
चट्याङमा परेर मृतक घलानकी पत्नी नन्दीमाया घलान, बुद्धबहादुर पाख्रिन, छोरी प्रतिमा पाख्रिन र रुद्रबहादुर स्याङ्तान घाइते भएका छन् ।घाइते सबैको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे