
काठमाडौँ, २७ असोज । शेयर बजार आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर १ हजार ८७० दशमलव ६३ विन्दुमा पुगेको छ ।
यसदिन २२२ वटा कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएको छ । आज कारोबार रकममा पनि केही सुधार आएको छ ।
आज जलविद्युतबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्सुरेन्सको तीन करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज अभियान लघुवित्तको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैल बढेको छ । समग्रमा बजार सामान्य बढेपनि सिटिजन्स् म्युचल फन्डको शेयर भने साढे चार प्रतिशतले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे