
काठमाडौँ– भारतको वर्कशप टुल्स र इक्विपमेन्ट प्रदायक कम्पनी ओएलएस (आयलल्युब सिस्टम) ले नेपाली बजारमा आफ्नो उत्पादनलाई नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ। यस अवसरमा, नाडा अटो शो २०२४ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओएलएसका बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमार र अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले कम्पनीका टुल्स र इक्विपमेन्टलाई सार्वजनिक गरेका छन्।
सञ्जय कुमारले भने, “ओएलएस ४१ वर्ष पुरानो एक प्रतिष्ठित कम्पनी हो जसले विश्वस्तरीय वर्कशप टुल्स र इक्विपमेन्ट निर्माण गर्दै आएको छ। नेपालमा यी उत्पादनलाई पञ्चकन्या मार्केटिङमार्फत उपलब्ध गराउने यो अवसरले नेपाली ग्राहकलाई उत्कृष्ट गुणस्तरका उपकरण प्रदान गर्न योगदान पुर्याउने छ।” उनले भारतीय टप कम्पनीहरूको बीचमा रहेका ओएलएसका उत्पादनहरू नेपालमा पनि अत्यधिक रुचाइने विश्वास व्यक्त गरे।
अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले वर्कशपको लागि आवश्यक टुल्स र इक्विपमेन्टको गुणस्तरमा जोड दिँदै भने, “गुणस्तरीय टुल्स र इक्विपमेन्टको प्रयोगले सवारी साधनको राम्रो कन्डिसनमा राख्न मद्दत पुग्छ। यस क्षेत्रमा ध्यान दिनुपर्ने विषय हो।”
पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले अटोमोबाइल क्षेत्रको सुधारमा आफ्नो लामो समयको अनुभवलाई ध्यानमा राख्दै ओएलएसका उपकरणहरू ल्याएको बताए। उनले विश्वास व्यक्त गरे कि यी टुल्स र इक्विपमेन्ट नेपाली उपभोक्ताको रोजाइमा पर्नेछन्।
ओएलएसले चार ह्विलर र कमर्शियल भेहिकल्सका लागि टु पोस्ट, फोर पोस्ट, ट्रली, वर्क स्टेसन, पेन्ट बुथ लगायतका सम्पूर्ण स्पेयर पार्ट्स उपलब्ध गराउँछ। कम्पनीले भारतमा मापदण्ड अनुसार उपकरण निर्माण गर्दै आएको छ र यसलाई आफ्टर मार्केटका रूपमा ब्रान्डिङ गरेर उपलब्ध गराउँछ। ओएलएसका उत्पादनहरू किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रॉयल इन्फिल्ड जस्ता ७२ भारतीय अटोमोबाइल कम्पनीहरूले स्वीकृत गरेका छन्।
ओएलएसले भारत बाहेक मिडल इस्ट, अफ्रिका, बंगलादेश, श्रीलंका र भुटानमा पनि उपकरण उपलब्ध गराउँदै आएको छ। पछिल्लो समय, इलेक्ट्रिक भेहिकल मर्मत सम्भारका लागि आवश्यक टुल्स र इक्विपमेन्ट पनि ओएलएसले उत्पादन गर्दै आएको छ।
ओएलएस एक आईएसओ ९००१: २०१५ र सीई सर्टिफाइड कम्पनी हो, जसको कारखाना भारतको फरिदावाद, पुणे र बैंगलोरमा स्थित छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे