
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले सोमबार ओलीमाथि लगाइएको प्रतिबन्ध हटाएको हो।
आयोगको गत असोज १२ गतेको बैठकले ओलीलाई स्थान हद लगाउने निर्णय गरेको थियो, जसअनुसार उनलाई विदेश जान र अनुमति बिना काठमाडौँ उपत्यका छाड्न रोक लगाइएको थियो। तर, आयोगले सोमबार जारी गरेको विज्ञप्तिमार्फत् उक्त निर्णय फिर्ता लिएको जानकारी दिएको छ।
आइतबार जाँचबुझ आयोगका सदस्यहरू गुण्डुस्थित ओलीको निवासमै पुगेर बयान लिएका थिए। बयान प्रक्रिया पूरा भएपछि आयोगले स्थान हद फुकुवा गर्ने निर्णय गरेको जनाएको छ।<
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे