
काठमाडौँ , ३ भाद्र | नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका थिए । बिहीबार बस्ने भनिए पनि पटक-पटक सर्दै स्थगित भएको बैठक आज बसेको थियो । तर आज पनि पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
महराले भने ,पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय मा निष्कर्ष निस्कन सकेन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले आज टुंग्याउन नसकिएको उनको भनाइ थियो । भोलि दिउँसो १ बजे पुनः बैठक बसेर पदाधिकारी टुंगो टुंग्याइने उनले जानकारी दिए । बैठकअघि बिहान अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमै पार्टीका विभिन्न नेतासँग छलफल गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे