
काठमाडौँ, असोज १४। गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले लगातारको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरूलाई रु। १ करोडको सहयोग गर्ने निर्णय गरेको छ। सङ्घका अध्यक्ष डा। बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा यस निर्णय गरिएको हो।
बैठकले उपाध्यक्ष डा। हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ। यस समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन्। पदाधिकारीको बैठकपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरेर सहयोग सङ्कलनको विषयमा थप छलफल गरिनेछ। अध्यक्ष डा। केसीका अनुसार, एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रहरूमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्नको लागि तयारी गरिरहेको छ।
बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाउनेहरूको प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गर्यो। यसै क्रममा, सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौँमा सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ। उक्त समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् ९केन्द्रीय समिति०को बैठकमा प्रस्तुत गर्नेछ। गत बिहीबारदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति पुगेको थियो। गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे