
काठमाडौं, साउन १६। नेपाल प्रहरीले अब आफ्ना अनलाइन सेवा जनतालाई इन्टरनेट डाटा नहुँदा पनि निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) र एनसेल आजियाटा लिमिटेड (Ncell) सँगको सहकार्यमा अब प्रहरीले प्रयोग गर्दै आएका आधिकारिक डोमेन र उप-डोमेन (तेस्रो पक्षका सेवा बाहेक) मा Zero Balance हुँदा पनि सेवा लिन सकिने भएको हो।
यस सुविधाले प्रहरी सेवा जनतासम्म अझ सहज तरिकाले पुर्याउने विश्वास लिइएको छ। अब नागरिकले मोबाइलमा डाटा नहुँदा पनि नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा सरल रूपमा पहुँच गर्न सक्नेछन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे