
भक्तपुर। भक्तपुर नगरपालिका कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (माघ, फागुन, चैत) सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको बैंक खातामा EFT मार्फत भत्ता जम्मा भइसकेको जानकारी गराएको छ। नगरपालिकाले लाभग्राहीहरूलाई सम्बन्धित वडा कार्यालय वा बैंकमार्फत तोकिएको मिति र स्थानमा भत्ता प्राप्त गर्न आग्रह गरेको छ।
| क्र.सं. | बैंकको नाम | वितरण मिति | वितरण स्थान |
|---|---|---|---|
| १ | कुमारी बैंक, नपुखु | २०८१ चैत २६ गते | १ नं. वडा कार्यालय |
| २ | नेपाल बैंक लिमिटेड, ब्यासी | २०८१ चैत १९ र २० गते | भ.न.पा. कार्यालय भवन |
| ३ | कुमारी बैंक, व्यासी | २०८१ चैत २७ गते | व्यासीको बैंक काउन्टर |
| ४ | सिद्धार्थ बैंक, तलेजु मार्ट | २०८१ चैत १९ गतेदेखि | ३ नं. वडा कार्यालय |
| ५ | सनराइज बैंक, सुकुलढोका | २०८१ चैत १९ गतेदेखि | सिद्धार्थ बैंक, राममन्दिर लक्ष्मी |
| ६ | कुमारी बैंक, जगाती | २०८१ चैत २० र २१ गते | ६ नं. वडा कार्यालय |
| ७ | प्राइम बैंक, च्याम्हासिंह | २०८१ चैत १९ र २० गते | ७ नं. वडा कार्यालय |
| ८ | सिद्धार्थ बैंक, च्याम्हासिंह | २०८१ चैत १९ गतेदेखि | सिद्धार्थ बैंक, च्याम्हासिंह |
| ९ | नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कमलविनायक | २०८१ चैत २१ र २२ गते | १० नं. वडा कार्यालय |
१. सामाजिक सुरक्षा परिचय पत्र
२. संरक्षकको हकमा संरक्षक खुलेको कागजात वा सम्बन्धित वडाको सिफारिस र परिचय पत्र
३. चेकबुक प्राप्त लाभग्राहीहरूले आफ्नो चेकबुक अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ
नगरपालिकाले अशक्त तथा अपाङ्गता भएका लाभग्राहीहरूको लागि घरमै भत्ता वितरण गरिने व्यवस्था गरिएको जनाएको छ। साथै, तोकिएको मितिमा भत्ता बुझ्न नसक्ने लाभग्राहीहरूको रकम बैंक खातामा सिधै जम्मा गरिने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे