
काठमाडौँ । उत्तर कोरियाले बुधबार बिहान आफ्नो पूर्वी तटबाट धेरै छोटो दूरीका क्षेप्यास्त्र ९मिसाइल० प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। यो पछिल्लो केही महिनापछि गरिएको पहिलो मिसाइल परीक्षण हो। दक्षिण कोरियाले अर्को हप्ता आयोजना गर्न लागेको एपेक ९एशिया–प्रशान्त आर्थिक सहयोग० शिखर सम्मेलनको केही दिनअघि नै यो घटना भएको हो। उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत विश्व नेताहरू दक्षिण कोरियाको ग्योङ्जु सहरमा सहभागी हुनेछन्।
दक्षिण कोरियाली सेनाका अनुसार, उत्तर कोरियाले समुद्रतिर ९जापान सागरतर्फ० लगभग ३५० किलोमिटर उड्ने क्षमताका क्षेप्यास्त्रहरू प्रहार गरेको हो। सेनाले भनेको छ — उनीहरूले थप प्रक्षेपण हुन सक्ने सम्भावनालाई ध्यानमा राखी निगरानी बढाएका छन् र अमेरिका तथा जापानसँग जानकारी साटासाट गर्दै तयारी अवस्थामा रहेका छन्। यसअघि उत्तर कोरियाले मे महिनामा यस्तै प्रकारका मिसाइल प्रहार गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे