
एजेन्सी । उत्तर कोरियाले बिहीबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्ला २ हप्तामा उत्तर कोरियाले प्रहार गरेको यो छैटौँ क्षेप्यास्त्र हो ।
प्योङयाङले बुधबार आफ्ना परीक्षणहरूलाई अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य प्रशिक्षणको जवाफ भएको बताएको थियो ।मंगलबार उत्तरले जापानमाथिबाट क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले संयुक्त राष्ट्रको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको थियो ।
बैठकमा अमेरिकाले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउनबाट चीन र रुसले बचाएको आरोप लगाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे