
काठमाडौँ , २७ असोज | नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेकोबताएको छ ।
महासङ्घले एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने विषयमा कुनै पनि निर्णय नगरेको उल्लेख गरेको छ ।
महासङ्घले विज्ञप्तिमा भनेको छ कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचारमा कुनै सत्यता छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे