
काठमाडौँ ,३१ भाद्र ।निर्भाना काउन्सलिङ्ग सेन्टरले यही २२ सेप्टेम्बरमा निर्भाना एड्यू फेस्ट २०२३ को आयोजना गर्दैछ। यस फेस्टले विद्यार्थीहरुलाई विश्वभरका बिश्वबिद्यालय, कलेज र इन्स्टिच्युटमा संचालीत कोर्स, फ्यासिलिटी, फिइस्ट्क्चर, स्कलर्सिप लगायतका बारे जान्ने प्लत्फोर्म प्रदान गर्दछ।
निर्भाना काउन्सलिङ्ग सेन्टरको एड्यू फेस्टले विद्यार्थीहरुलाई अस्ट्रेलिया, क्यानाडा, र अमेरिकामा रहेको विभिन्न बिश्वबिद्यालय, कलेज र इन्स्टिच्युटहरूका प्रतिनिधिहरू प्रत्यक्ष भेटघाट गराउने लक्ष्य सहित विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तब्यहरुको बारेमा जानकारी प्रदान गर्ने भएको छ।
२२ सेप्टेम्बरमा अद्वैत मार्ग बागबजारमा अवस्थित निर्भाना काउन्सलिङ्ग सेन्टरकै अफिसमा आयोजना हुने निर्भाना एड्यू फेस्ट २०२३मा बिध्यार्थीहरूले युनिभर्सिटी अफ तस्मानिया (UTAS), इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट, सिड्नी (ICMS), मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT), एडुको इन्टरनेशनल, एक्सेलसिया कलेज, अस्ट्रेलियन टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज (ATMC), चर्चिल उच्च शिक्षा संस्थान, अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस इन्टेलिजेन्स (AIBI), युनिभर्सिटी क्यानडा वेस्ट (UCW), , एडु म्यान्डेट , वेबस्टर विश्वविद्यालय लगायतका संस्थाहरूका प्रतिनिधिहरूले परामर्श प्रदान गर्ने छन्।
एड्यू फेस्टले बिध्यार्थीहरूको शैक्षिक योग्यता र आवश्यकताका आधारमा कोर्स, अध्ययन प्रक्रिया र अध्ययन पछिको अवसरको बारेमा शैक्षिक परामर्श प्रदान गरीने संस्थाका सिइओ सिव त्रिपाठीले जानकारी गराउनु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे