• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २६, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन

१३ घण्टा अघि
२

प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

१३ घण्टा अघि
३

नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला

१३ घण्टा अघि
४

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै

१४ घण्टा अघि
५

प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य

१४ घण्टा अघि
६

चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा

१४ घण्टा अघि
७

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

१४ घण्टा अघि
८

सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

१४ घण्टा अघि
९

धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

१५ घण्टा अघि
१०

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

१ दिन अघि
११

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

१ दिन अघि
१२

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ अषाढ २०, शुक्रबार (५ महिना अघि)

राष्ट्र बैंकलाई कर्जा व्यवस्थापन र वित्तीय पहुँच सुधारका ९ बुँदे सुझाव,धितो मूल्यांकन प्रक्रियामा एकरूपता र पारदर्शिता अनिवार्य

  • 1,989 Views
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति साउन १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यसअघि गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति साउन ११ गते सार्वजनिक गरेका थिए। त्यसयता हाल बैंकका सम्बन्धित विभागहरू नीति तर्जुमा कार्यमा व्यस्त छन्।

    राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जेठ २६ गतेसम्म मौद्रिक नीति सम्बन्धी सुझाव मागेको थियो। त्यसअनुसार विभिन्न संघसंस्थाहरूबाट प्राप्त सुझावहरू अध्ययन गरी नयाँ नीति निर्माणको काम अघि बढाइएको केन्द्रीय बैंकले जनाएको छ।

    राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (संशोधन २०७९) अनुसार नीति तय भइरहेको जानकारी दिए। कानुनी व्यवस्थाअनुसार आर्थिक वर्ष सुरु भएपछिको १५ दिनभित्र मौद्रिक नीति ल्याउनुपर्ने प्रावधान छ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले मौद्रिक नीतिमा समावेश गर्न १६ पृष्ठ लामो प्रतिवेदनसहित ९ बुँदे सुझाव पेश गरेको छ।

    एक्यानले देशभित्र अध्ययनका लागि सहज र सुरक्षणयुक्त शैक्षिक ऋण सुविधा उपलब्ध गराउन माग गरेको छ। बिना घरजग्गा धितो, विद्यार्थीको व्यक्तिगत जमानतमा उच्च शिक्षाका लागि कर्जा प्रवाह गर्ने र सो ऋणको रकम सम्बन्धित शैक्षिक संस्थालाई प्रत्यक्ष भुक्तानी हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

    शिक्षा ऋणको सुरक्षाका लागि बीमा प्रणाली लागू गरी बीमा शुल्क सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्न सकिने र पुँजीकृत ब्याजलाई आम्दानीमा लेखांकन गर्न दिने व्यवस्था गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

    त्यस्तै, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, डाक्टर, सूचना प्रविधि विशेषज्ञ जस्ता पेशाकर्मीलाई व्यवसाय सञ्चालनका लागि बिना घरजग्गा सुरक्षणमा व्यवसायिक ऋण दिने छुट्टै योजना आवश्यक भएको प्रतिवेदनमा जोड दिइएको छ।

    कर्जा व्यवस्थापन सुधारका लागि एक्यानले व्यक्तिगत जमानतमा प्रवाह हुने १५ लाखसम्मको कर्जा सीमा बढाएर ३० लाख पुर्‍याउनुपर्ने सुझाव दिएको छ।

    राष्ट्रको प्राथमिकतामा रहेका कृषि, निर्माण, निर्यात, उत्पादनमूलक क्षेत्रका ऋणहरूलाई पुनर्तालीकीकरण योजनाअन्तर्गत सेयर लगानीमा रूपान्तरण गर्ने स्पष्ट नीति ल्याउनुपर्नेमा पनि सुझाव दिइएको छ।

    कालोसूचीमा १५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरू मात्र नभई, उनीहरू आबद्ध संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारीहरूलाई कालोसूचीमा पार्ने प्रावधान खारेज गर्नुपर्ने प्रस्ताव राखिएको छ।

    वित्तीय प्रणालीको स्थायित्व र पारदर्शिता कायम राख्न बैंक तथा वित्तीय संस्थाहरूले लिने घरजग्गा धितो मूल्यांकन प्रक्रियामा एकरूपता र वस्तुगतता ल्याउनुपर्ने सुझाव एक्यानले दिएको छ।

    मूल्यांकनमा संलग्न कर्मचारी र बाह्य मूल्यांकनकर्ताहरूलाई अनावश्यक व्यक्तिगत उत्तरदायित्वबाट जोगाउँदै मापदण्डमा आधारित, पारदर्शी र परीक्षणयोग्य मूल्यांकन पद्धति विकास गर्नुपर्ने प्रतिवेदनले उल्लेख गरेको छ।

    अनुदान, सुविधा र कर्जा निगरानीका लागि केन्द्रीय डाटाबेस प्रणाली आवश्यक
    एक्यानले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान गरिने अनुदान, सहुलियत तथा सुविधाहरूलाई प्रभावकारी व्यवस्थापन गर्न एकीकृत केन्द्रीय डाटाबेस प्रणाली विकास गर्नुपर्ने सुझाव दिएको छ।

    कर्जा लिई जानाजानी नतिर्ने व्यक्तिहरूको छुट्टै मूल्यांकन र निगरानी प्रणाली विकास गर्नुपर्ने, नियामक निकायको सक्रियता बढाउनुपर्ने लगायतका सुझाव पनि प्रतिवेदनमा समावेश छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन
    १३ घण्टा अघि

  • २

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै
    १३ घण्टा अघि

  • ३

    नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला
    १३ घण्टा अघि

  • ४

    चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै
    १४ घण्टा अघि

  • ५

    प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य
    १४ घण्टा अघि

  • ६

    चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा
    १४ घण्टा अघि

  • ७

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित
    १४ घण्टा अघि

  • ८

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख
    १४ घण्टा अघि

  • ९

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको
    १५ घण्टा अघि

  • १०

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    २

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    ३

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ४

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ५

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution