
काठमाडौँ , २४ वैशाख | नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन्।
नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले सम्हाल्दै आएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य आजै मन्त्री नियुक्त भएका थिए ।
प्रचण्ड आफैंले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको जिम्मेवारी यादवलाई दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे