
काठमाडौँ । आज योमरी पूर्णिमा मनाइँदैछ, जो काठमाडौं उपत्यका लगायत नेपालभरि नेवार समुदायले विशेष महत्त्वका साथ मनाउने पर्व हो। यो पर्व कृषि र नयाँ धानको आगमनसँग जोडिएको छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हिू पनि भनिन्छ।
यस दिन, नेवार समुदायका महिलाहरू बिहानैदेखि नयाँ धानको चामलको पिठो बनाएर योमरी तयार गर्न व्यस्त हुन्छन्। योमरी चाकु, तिल, दूधको खुवा लगायत सामग्री राखेर पानीमा बाफमा पकाइन्छ, जुन स्वादिष्ट र स्वास्थ्यको हिसाबले लाभकारी हुन्छ। यो पर्वलाई खाद्य पदार्थको रसिलो चाड मानिन्छ। नेवार समुदायले धान राख्ने भकारीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्। साथै, गर्भवती चेलीबेटीलाई माइतीबाट तिल र चाकु भरेको योमरी उपहार पठाउने परम्परा पनि छ, जसले बालकको स्वास्थ्यको कामना गर्दछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे