
एजेन्सी । अमेरिकाले मेक्सिको र क्यानडाका लागि लागू गर्ने कर नीति एक महिनाको लागि स्थगित गरेको घोषणा गरेको छ। अमेरिकी प्रशासनले यस निर्णयलाई एक प्रमुख व्यापारिक कदमको रूपमा लिएको छ, जसले दुई देशसँगको आर्थिक सम्बन्धलाई असर पुर्याउन सक्थ्यो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको प्रारम्भमा सार्वजनिक गरेको योजनामा, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुहरूमा नयाँ कर लगाउने कुरा थियो, जसले ती देशका निर्यातकहरूलाई प्रतिकूल प्रभाव पार्ने अनुमान गरिएको थियो।ट्रम्पले हिजो कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक महिनालाई स्थगित गरेका छन् । यसैबीच यसअघि अमेरिकाले उच्च कर लगाएपछि क्यानडा, मेक्सिको र चीनले पनि करको बदला कर भन्दै कडा प्रतिक्रिया दिइरहेका छन् ।
तर, उक्त नीति लागु गर्नु अघि, अमेरिकी सरकारले थप छलफल र सम्वादको आवश्यकता रहेको बताउँदै, यो निर्णय एक महिनासम्म स्थगित गर्ने निर्णय गरेको हो। यसले व्यापारका क्षेत्रसँग सम्बन्धित नीतिहरूको पुनरावलोकन र परिमार्जनको अवसर प्रदान गर्ने अमेरिकी अधिकारीहरूको धारणा छ।
यस मुद्दामा थप छलफल र समन्वयको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे