
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा ७५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत २४औं मौद्रिक नीतिमार्फत यस व्यवस्था घोषणा गरेका हुन्। अबदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने मार्जिन प्रकृतिका कर्जामा एकल ग्राहक सीमा विद्यमान १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ।
गभर्नर पौडेलले सेयर बजारको सुधार र लगानी प्रवर्द्धनका लागि यस्तो निर्णय गरिएको स्पष्ट पारे। उनले भने, ‘‘पुँजी बजारको वृद्धि र वित्तीय पहुँचलाई सहज बनाउन सेयर धितो कर्जा सीमा विस्तार गरिएको हो।’’
राष्ट्र बैंकले समग्र वित्तीय क्षेत्रको स्थायित्व र लगानी मैत्री वातावरण निर्माणमा ध्यान दिँदै मौद्रिक नीति समायोजन गरेको जनाएको छ। यससँगै सेयर बजारमा तरलता प्रवाह वृद्धि हुने तथा लगानीकर्तालाई सहजता हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे