
काठमाण्डौ। राष्ट्रिय युवा संघ नेपालले हालै सम्पन्न १०औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। महाधिवेशनबाट क्षितिज थेवे अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह चयन भएका छन्। महासचिवमा महेश चौलागाईं, उप–महासचिवमा उपेन्द्र शाही तथा सचिव पदमा अरुण कुँवर, निसा लिम्बू, मोविन अख्तर अलाम र मदन भण्डारी चयन भएका छन्। संगठनको भावी यात्रा सफल, सशक्त र युवामैत्री बन्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे