
काठमाडौँ, १७ फागुन । राजधानीमा आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै वर्तमान त्रिकोणीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको एक हिस्सा बनेको छ ।
माइकल लेभिट र साइब्रान्ड एन्जेलब्रेचको ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि २४८ रनको लक्ष्य दिएको थियो। तर, निर्धारित २० ओभरमा नामिबियाले सात विकेट गुमाउँदै आफ्नो स्कोर १८८ रनमा सिमित भयो । नामिबियाका लागि जान फ्रिलिंक र जान ग्रीन दुवैले ४२ मध्ये ४२ रन बनाए ।
यसका साथै जेपी कोटेजले २६ रनको योगदान दिए भने जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले १९ रनमा १९ रन बनाए । नेदरल्यान्ड्सका टिम भान डर गुग्टेनले २ विकेट लिए भने याब्रान्ड एंगेलब्रेच, रोलेफ भान डेर मर्वेल, भिभियन किङ्मा र आर्यन दत्तले एक एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४७ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १३५ रन बनाएका थिए । त्यस्तै, साइब्रान्ड एन्जेलब्रेचले ४० बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन जोडे । तेजा निदामानुरुले पनि १८ रन बनाए । लेभिट र एन्जेलब्रेचले दोस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए भने जान फ्रिलिंक र बेन सिकोङ्गोले एक एक विकेट लिए । योजितसँगै नेदरल्याण्ड्सले दोस्रो जित निकालेको छ । अघिल्लो खेलमा नेपाललाई पराजित गरेको थियो ।
प्रतियोगितामा नेपालले भोलि नामिबियासँग खेल्दैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे