काठमाडौँ, २६ असोज । लगातार दुई दिन दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको छ ।
यसदिन २२२ वटा कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । आज व्यापार र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा प्रोग्रेसिभ फाइनान्स र माहुली लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । एभरेस्ट बैंकको प्रमोटर शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे