
काठमाडौँ, २८ फागुन । पछिल्लो केही दिन उच्च अंङ्कले बढेको शेयर बजार आज साताको पहिलो दिन भने उच्च अंङ्कले घटेको छ । अन्तिम कारोबार बिहिबार ५० दशमलव ०४ अङ्कले बढेको शेयर बजार आज झण्डै २७ अङ्कले घटेको हो । आज शेयर बजार परिसूचक नेप्से २६ दशमलव ८० अङ्कले घटेर १ हजार ९७५ दशमलव ८९ विन्दुमा झरेको छ ।
यसदिन २६० वटा कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता शेयर १ अर्ब ६६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।
यसदिन सबैभन्दा धेरै शिवम सिमेन्टको ८ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज गुडविल फाइनान्सको १२ प्रतिशत डिवेन्चर र हिमालयन बैंक लिमिटेडको शेयर सर्वाधिक साढे ६ प्रतिशतले घटेको छ त्यस्तै, नेपाल इन्स्योरेन्स, खप्तड लघुवित्त र आदर्श लघुवित्त ५ प्रतिशतभन्दा बढिको घटेको छ । समग्रमा बजार घटे पनि सुवम पावरको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे