
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरविवि) बीच ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदरयुक्त ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार, अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता रु. १,०००।– रहने गरी कुल २५ लाख कित्ता ‘७% RBBL Debenture 2088 (RBBD2088)’ ऋणपत्र नेप्सेमा सूचीकृत गरिनेछ।
आज सम्पन्न सम्झौतापत्रमा आरविविको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्र रमण खनाल र नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चुडामणि चापागाईंले हस्ताक्षर गर्नुभएको हो।
उक्त ऋणपत्रको दोस्रो बजारमा कारोबार २०८२ साउन १५ गते (२०८२/०४/१५) बाट भएको छ।। सूचीकरणपछिको रजिस्ट्रार टु सेयर (RTS) सेवा भने आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमार्फत प्रदान गरिनेछ।
नेप्सेमा सूचीकरण भएपछि ऋणपत्रलाई धितोपत्र बजारमा खरिद–बिक्री गर्न सकिनेछ। यस ऋणपत्रमार्फत लगानीकर्ताहरूले स्थिर आम्दानीको अवसर प्राप्त गर्नेछन् भने बैंकले दीर्घकालीन स्रोत परिचालन गर्न सक्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे