
काठमाण्डौ । नेपाल, भारत र चीनजस्ता छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सरकारको जिम्मामा मात्रै सीमित गर्न नहुने विश्लेषकहरूले बताएका छन्। एक-दुई नेता, राजदूत वा कर्मचारीको व्यक्तिगत अहंकार तथा अक्षमताले बहुआयामिक सम्बन्धमा असर पार्न सक्ने भएकाले नागरिक तहबाट समेत सहकार्य आवश्यक हुने उनीहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार नेपालका आमनागरिक, प्राज्ञ-शोधकर्ता, उद्यमी-व्यवसायी, अभियन्ता र पूर्वकूटनीतिज्ञहरूले आफ्नो सक्रिय सहभागिता जनाए मात्र सन्तुलित तथा व्यावहारिक कूटनीतिक सम्बन्धलाई मजबुत बनाउन सकिन्छ।
यसै क्रममा, नेपालले प्रमुख थिङ्क-ट्याङ्क तथा विश्वविद्यालयहरूसँग सहकार्यलाई थप घनिभूत बनाउने प्रयास गरिरहेको छ। केही महिनाअघि चीनका अनुसन्धान तथा शिक्षण संस्थासँग गरिएको छलफलपछि, हालै भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (JNU) अन्तर्राष्ट्रिय अध्ययन स्कूलका डिन तथा प्राध्यापकहरूसँग नेपाल-भारत-चीन सम्बन्धबारे गहिरो संवाद गरिएको बताइएको छ।
विश्लेषकहरूका अनुसार परम्परागत कूटनीतिक दृष्टिकोणभन्दा बाहिर गएर नयाँ युग, नयाँ सोच र नयाँ पात्रको संयोजनद्वारा नेपाल-छिमेकी सम्बन्धलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे