काठमाडौँ, ६ असार । एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसीपमा नेपालले बहारइन माथि शानदार जित हासिल गरेको छ ।
मलेसियाको किनरारा ओभलमा भएको खेलमा नेपालले बहारइनलाई ८ विकेटले पराजित गरेको छ ।
टस हारेको बहारइनले ६ विकेटको क्षतिमा १४ रन बनाएको थियो। १५ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रेको नेपालले २ विकेटको क्षतीमै जित हासिल गरेको हो । जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज खेल वर्षाले प्रभावित भएपछि ७ ओभरमा छोट्याइएको थियो।
समूह ‘बी‘ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ। नेपालले ३ खेलमा ६ अंक जोडेको छ। नेपालले अन्तिम खेल भोलि हङकङसँग खेल्नेछ।
आजै भएको अर्को खेलमा युएईले आयोजक मलेसियालाई ३१ रनले पराजित गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे