
काठमाडौं, वैशाख १६ — नेपालको वित्तीय क्षेत्रमा ऐतिहासिक पहल स्वरूप, एनएमबी बैंकले नेपालको पहिलो हरित बन्ड (Green Bond) जारी गरेको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय वित्तीय संस्था (IFC) को मुख्य लगानीमा आधारित यस बन्डमार्फत करिब ८ हजार हरित रोजगारीहरू सृजना हुने अपेक्षा गरिएको छ।
यो $६० मिलियन अमेरिकी डलर बराबरको लगानीसँगै, नेपालको वित्तीय क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो IFC-समर्थित लगानी हो। यस पहललाई IFC बाहेक BII (British International Investment) र MetLife जस्ता अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको पनि सहभागिता रहेको छ।
एनएमबी बैंकको यो ऐतिहासिक कदमले नेपालमा दिगो विकास, रोजगारी सृजनाका साथै वातावरणमैत्री लगानीलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। साथै, यसले देशको पूँजी बजारमा थीमेटिक बन्ड तथा अन्तर्राष्ट्रिय निजी लगानीको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
एनएमबी बैंकले यस परियोजनामार्फत हरित पूर्वाधार, नवीकरणीय ऊर्जा तथा जलवायुमैत्री परियोजनाहरूमा प्राथमिकता दिने बताएको छ। बैंकका अनुसार, बन्डमार्फत संकलित पूँजीलाई देशको वातावरणीय दिगोपन अभिवृद्धिमा खर्च गरिनेछ।
नेपालको हरित अर्थतन्त्रतर्फको अग्रसरतालाई थप सुदृढ बनाउने लक्ष्यसहित यस प्रकारको नविनतम वित्तीय साधनको प्रवर्द्धनले दीर्घकालीन आर्थिक रुपान्तरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे