
काठमाडौँ, कात्तिक ३० । नेपाल विद्युत प्राधिकरणले आजदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न शुरु गरेको छ । पहिलो पटक विद्युत व्यापारमा नेपालले भारतपछि अर्को देश बिजुली पुगेको यो हो । नेपाली बिजुली बंगलादेश पुर्याउने बारेमा नेपाल भारत र बंगलादेशवीच त्रिपक्षिय सहमती पनि सकिएपछि निर्यात सम्भव भएको हो । भारतको केन्द्रीय विद्युत नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि आज प्राधिकरणले विजुली निर्यात शुरु गर्यो ।
ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ ।
सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुग्नेछ । प्राधिकरणले प्रति युनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गर्न लागेको छ । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे