
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोल्से हलमा बस्ने भएको छ। सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन्। बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे गहन छलफल हुनेछ।
साथै संसद्को चालू सत्र, सरकारको नीति तथा कार्यक्रम, र पार्टीको रणनीति तय गर्ने विषयमा पनि विचार-विमर्श गरिनेछ। बजेट जेठ १५ गते प्रस्तुत हुँदैछ, त्यस सन्दर्भमा कांग्रेसले आफ्नो स्पष्ट नीति र धारणा बनाउने उद्देश्यसहित बैठक आयोजना गरिएको हो। संसदीय दलको कार्यालयले सबै सांसदलाई समयमै उपस्थित हुन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे