
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी प्रतिज्ञा पत्रबारे आज खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्दैछ। ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ नाम दिइएको यो कार्यक्रम आज दिउँसो १ बजेदेखि काठमाडौँ स्थित राष्ट्रिय सभागृह मा हुने भएको छ।
कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा ले प्रतिज्ञा पत्रमा समेटिएका विषयमा देश तथा विदेशबाट आएका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनेछन्। जनकपुरमा बुधबार सार्वजनिक गरिएको प्रतिज्ञा पत्रको विस्तृत पक्षबारे आम नागरिकसँग सीधा संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको काँग्रेसले जनाएको छ।
पार्टी प्रवक्ता देवराज चालिसे का अनुसार प्रविधिको प्रयोगमार्फत संसारभरबाट प्रत्यक्ष प्रश्न सोध्न सकिने व्यवस्था मिलाइएको छ। कार्यक्रमस्थलमा उपस्थित सहभागीहरूले पनि प्रत्यक्ष प्रश्न राख्न पाउनेछन्। उक्त प्रश्नोत्तर कार्यक्रम विभिन्न सञ्चारमाध्यममार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे