
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गरे। त्यस्तै, विजय कुमार गच्छदारले १९०६
खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २ मत अन्तरले जितेका हुन् । गुरुङसँग गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे ।
उपसभापति दाबेदार चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा २ जना उपसभापतिका लागि ७ जनाले प्रतिस्पर्धा गरेका थिए।
सभापतिको लागी भएको चुनावमा शेखर कोइरालाई हराउदै दोस्रो कार्यकालको लागी शेरवहादुर देउवाले जितिसकेका छन् । महामन्त्रिको २ पदको लागी ६ जनाले गरेको प्रतिस्पर्धाको मत आजै गन्ने निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् ।
महामन्त्रीकाे दुई सिट छ । पूर्णबहादुर खड्काले दुई सय बढि मत प्राप्त गरी विजयी भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे