
काठमाडौँ — नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गर्दै आकस्मिक रूपमा आफ्ना सांसदहरूको बैठक बोलाएको छ। रानामगरले संसद सचिवालयको कागज (लेटरप्याड) प्रयोग गरेर केही व्यक्तिलाई अमेरिका जान भिसाको सिफारिस गरेको भन्ने आरोप लाग्दै आएको छ। यही कारण उनीमाथि छानबिनको माग पनि उठेको छ।
उपसभामुख संविधानअनुसार संवैधानिक परिषद्को सदस्य हुने भएकाले, कांग्रेससहित सत्तारूढ दलहरूले उनलाई हटाएर नयाँ व्यक्ति ल्याउने योजना बनाएका छन्।
आज दिउँसो १२ बजेपछि कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्नेछ र त्यसमा महाअभियोगबारे निर्णय हुने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे