भेटवार्तामा परराष्ट्र मन्त्री राणाले नेपाल–अमेरिका कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोगी भूमिका खेलिरहेको एमसीसी परियोजनाको प्रभावकारी कार्यान्वयनको महत्व औंल्याउनुभयो। उहाँले दुवै देशबीच आपसी विश्वास र विकास साझेदारीलाई दीर्घकालीन बनाउनेतर्फ नेपाल प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्नुभयो।
कार्यवाहक उपाध्यक्ष विङ्गलले नेपालमा एमसीसी परियोजना अगाडि बढाउन देखाएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै परियोजनाले नेपालको ऊर्जा र यातायात पूर्वाधार क्षेत्रमा ल्याउने सकारात्मक परिवर्तनबारे विश्वास व्यक्त गर्नुभयो।
एमसीसी परियोजना अन्तर्गत नेपालमा विद्युतीय प्रसारण लाइन निर्माण र सडक सुधारजस्ता महत्वपूर्ण पूर्वाधार विकासका कार्यहरू भइरहेका छन्। यी परियोजनाबाट दीर्घकालीन आर्थिक विकास र दुवै देशबीचको साझेदारी अझ मजबुत हुने अपेक्षा गरिएको छ।








