
काठमाडौं । नेपाल टेलिकम ले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि आकर्षक ‘नयाँ वर्ष अफर’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस अफरअन्तर्गत दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराइएको छ, जसमा ‘नयाँ वर्ष लाइट’ र ‘नयाँ वर्ष प्रिमियम’ समावेश छन्।
‘नयाँ वर्ष लाइट’ प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डेटा प्रयोग गर्न सकिनेछ। निर्धारित ५ जीबी डेटा समाप्त भएपछि पनि बाँकी समय २ एमबीपीएस गतिको दरमा असीमित डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै ‘नयाँ वर्ष प्रिमियम’ प्याकेजअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुनेछ र सो सीमा पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस गतिको दरमा असीमित डेटा चलाउन सकिनेछ।
दुवै प्याकेजको समयावधि ३० दिन कायम गरिएको छ। कम्पनीका अनुसार यो अफर २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख २ गतेसम्म खरिद गर्न सकिनेछ। पोस्टपेड सेवाग्राहीका हकमा प्याकेज शुल्क मासिक भाडामै समावेश गरिने जनाइएको छ।
अफर प्राप्त गर्न सेवाग्राहीले आफ्नो मोबाइलबाट तोकिएको सङ्केत नम्बर डायल गर्न सक्नेछन् भने कम्पनीको आधिकारिक मोबाइल अनुप्रयोगमार्फत पनि प्याकेज खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
यस अवसरमा कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धर ले सम्पूर्ण सेवाग्राहीमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दै सेवा उपयोग गर्न आग्रह गर्नुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे