
काठमाडौँ। नेपालमा खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण बाली मानिने धानको उत्पादन चालु आर्थिक वर्षमा घट्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रारम्भिक विवरण अनुसार आ.ब. २०८१/८२ मा धान बाली भिचिएको कुल क्षेत्रफल १४ लाख २० हजार ६ सय ३६ हेक्टर रहेकोमा चालु आ.व. मा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८ सय ७२ हेक्टरमा सीमित हुने देखिन्छ।
धानको कुल उत्पादन पनि गत वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टनबाट ४.२ प्रतिशतले घटेर ५७ लाख ५ हजार १ सय २६ मेट्रिक टन पुग्ने अनुमान गरिएको छ। यससँगै उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरबाट ४.१४ मेट्रिक टन प्रति हेक्टरमा घट्ने देखिएको छ।
धान क्षेत्रफल र उत्पादकत्व घट्नुका मुख्य कारणमा पहाडी क्षेत्रमा बसाइसराइ, युवाको वैदेशिक रोजगारीप्रतिको आकर्षण, फलफूल बालीको वृद्धि, तराई र शहरी क्षेत्रमा आप्रवासन र जमिनको औद्योगिक उपयोग वृद्धि, साथै मधेशमा खडेरी समावेश छन्। यद्यपि, उन्नत बीउ, मलखादको पर्याप्त उपलब्धताका बाबजुद पनि केही प्रतिकूल परिस्थितिका कारण धानबालीमा कमी आएको तथ्याङ्कमा उल्लेख छ।
धान उत्पादन र खाद्य सुरक्षासँग सम्बन्धित यस तथ्याङ्कले योजनाकार, अनुसन्धानकर्ता र कृषकको ध्यानाकर्षण गर्ने विषय बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे