यो रकम अघिल्लो वर्षको असारमा आएको १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँभन्दा करिब ७२ अर्ब रुपैयाँ बढी हो। यसरी असार महिनामा रेमिट्यान्स आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा (२०८१/८२) कुल रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढ्दै १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा हेर्दा पनि यो रकम १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ।
यसै अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ।
राष्ट्र बैंकका अनुसार २०८२ असारसम्ममा कुल द्वितीय आय (नेट ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ मात्र थियो।








