
काठमाडौँ , १४ वैशाख | नेपाल राष्ट्र बैंकले आज आफ्नो ६९ औं वार्षिकोत्सव मनाएको छ। । बैंकले ६८ वर्ष पूरा गरेको र ६९ औँ वर्षको सुरुवात गरेको अवसरमा वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रम दिउँसो १ बजे राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा शुरु भएको थियो। । वार्षिकोत्सवमा सहभागी हुन राष्ट्र बैंकका पूर्व गभर्नरहरू, पूर्व डेपुटी गभर्नरहरू, पूर्व विशेष श्रेणीका अधिकृतहरू र पूर्व प्रथम श्रेणीका अधिकृतहरू सहभागी भएका थिए।
बैंकले वार्षिकोत्सवको अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच बिस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्ष्यित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत सन् १९५६ मा स्थापना भएको नेपाल राष्ट्र बैंकले नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकायको रूपमा काम गर्दछ।
महाप्रसाद अधिकारी हाल राष्ट्र बैंकको गभर्नरको रूपमा कार्यरत छन्, यो पद यसअघि बैंकको स्थापनाकालमा हिमालय शमशेर जवरा राणाले सम्हालेका थिए।
हालसम्म राष्ट्र बैंकमा १७ गभर्नर रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे