
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल , मट्टितेल, डिजेल प्रतिलिटरमा ३ रुपैया बढाएको छ भने र हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैया बढाएको हो ।
माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अब हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोमिटर पुगेको छ।
निगमले एलपी ग्यासको मूल्य भने बढाएको छैन ।इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मुल्य बढाएसँगै निगमले पनि मुल्य समायोजन र घाटा परिपुर्ति गर्न भन्दै मुल्य बढाएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे