
काठमाडौँ, असार ३ । आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । वेष्ट इन्डिजमा भएको खेलमा १०७ रनको चुनौति पाएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन मात्र जोड्न सक्यो ।किङ्सटाउनमा सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनायो ।
नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । नेपालका दीपेन्द्रसिंह ऐरीले ३।२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।
रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गरे। उनले चार ओभरमा १७ रन खर्चिएर विकेट लिए ।
यो जितसँगै बंगलादेश सुपर आठमा पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे