
काठमाडौँ– विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको १५८औँ बैठकमा नेपालले दक्षिण–पूर्वी एसियाली क्षेत्रका १० सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्दै महत्वपूर्ण नेतृत्वदायी भूमिका निभाएको छ। बैठकमा विश्व स्वास्थ्य संगठनका कार्यकारी बोर्ड सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र वैकल्पिक सदस्य डा. भीमप्रसाद सापकोटाले क्षेत्रीय स्वास्थ्य नीतिबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।
डा. देवकोटाले स्वास्थ्य आपतकाल रोकथाम, तयारी र प्रतिकार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै, सर्वव्यापी स्वास्थ्य पहुँच सुनिश्चित गर्न नसर्ने रोगहरूको रोकथाम र स्वास्थ्य प्रवर्द्धनका गतिविधिलाई प्राथमिक स्वास्थ्य सेवामा पूर्ण रूपमा एकीकृत गर्नुपर्नेमा जोड दिनुभएको थियो। यस प्रतिनिधित्वले अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीति र नीति निर्माणको सर्वोच्च तहमा नेपालको बढ्दो प्रभाव र नेतृत्वलाई थप सुदृढ बनाएको विश्लेषकहरूले बताएका छन्।
बैठकमा नेपालको सक्रिय सहभागिताले क्षेत्रीय स्वास्थ्य रणनीतिमा नेपालले योगदान पुर्याउने र अन्तर्राष्ट्रिय स्वास्थ्य लक्ष्योंको प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे