
काठमाडौँ , ११ कात्तिक । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । खेल डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाली समय अनुसार राति ९स्१५ बजे सुरु हुनेछ । यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ।
नेपाली टिममा रोहितकुमार पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ। घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ ।
अमेरिकाले नौ खेल खेल्दा ६ जित र तीन हारसहित १२ अंक जोडेको छ । यसअघि शृंखलाको पहिलो खेलमा अमेरिकाले स्कटल्यान्डविरुद्ध १० विकेटले पराजित भएको थियो । शृंखलामा नेपालको भने यो पहिलो खेल हो ।त्यसअघि घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग टु मा नेपालले जममा १ खेल जितेको थियो । अहिलेसम्म लिग टु मा ८ खेल खेल्दा नेपालले जम्मा १ जित हात पारेको छ र ३ अंक जोडेको छ । अंक तालिकामा नेपाल ८ टिम मध्ये सातौं स्थानमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे