
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीहरूलाई कार्यालय पूर्णरूपमा सञ्चालन गर्न निर्देशन दिएको छ । कर्फ्यू र निषेधाज्ञा खुकुलो भएपछि प्राधिकरणले सूचना प्रकाशित गर्दै कम्पनीहरूलाई भौतिकरूपमै कर्मचारी उपस्थित गराई सेवा प्रदान गर्न भनेको हो ।
प्राधिकरणले बीमितलाई नियमित सेवामा कुनै अवरोध नहुने गरी कार्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ । यसअघि, सुरक्षाजन्य संवेदनशीलताका कारण धेरै बीमा कम्पनीहरू आंशिक रूपमा मात्र सञ्चालनमा थिए ।
हालका घटनाक्रममा स्थिरता फर्किएसँगै बीमा कम्पनीहरूले ग्राहकलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको प्राधिकरणको भनाइ छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे