
काठमाण्डौ। नेपाल अहिले संवेदनशील भूराजनीतिक मोडमा प्रवेश गरेको देखिन्छ। भारतीय राजदूत नवीन श्रीवास्तव परिवारसहित स्वदेश फर्किएका छन् भने चीन र अमेरिकाका राजदूतहरू पनि पहिले नै नेपालबाट फर्किसकेका छन्। यस घटनाक्रमले केवल परराष्ट्र नीति मात्र होइन, आन्तरिक राजनीतिक सन्तुलनमा समेत गहिरो प्रभाव पार्ने संभावना बढाएको छ।
नवीन श्रीवास्तवले करिब साढे तीन वर्षसम्म नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा ऊर्जा सहकार्य, पूर्वाधार विकास, सीमा व्यवस्थापन, सांस्कृतिक आदान–प्रदान र उच्चस्तरीय राजनीतिक संवादमा उल्लेखनीय सक्रियता देखिएको थियो। स्वास्थ्य समस्याका कारण उनले पुस ४ गते अस्पतालबाट डिस्चार्ज पाएपछि कार्यकालको अन्तिम चरण पूरा गर्दै परिवारसहित भारत प्रस्थान गरेका हुन्।
चीनका राजदूत चेन सोंग र अमेरिकी राजदूत डिन थम्पसन दुवै पहिले नै नेपाल फर्किसकेका छन्। चीनको राजदूत पदोन्नतिका कारण फर्किएका हुन् भने अमेरिकी राजदूत ट्रम्प प्रशासनको निर्णयअनुसार आफ्नो कार्यकाल समाप्त भई स्वदेश फर्किएका हुन्। यी घटनाक्रमले नेपालको भूराजनीतिक स्थिति अझ संवेदनशील बनाएको छ।
विशेषज्ञहरूका अनुसार, आगामी प्रतिनिधि सभा निर्वाचन र आन्तरिक राजनीतिक संक्रमणको समयमा यी घटनाक्रमले नेपालका लागि चुनौतीपूर्ण अवस्था सिर्जना गर्न सक्छ। सावधानी, स्पष्टता र राष्ट्रिय हित केन्द्रमा राखिएको कूटनीति अहिलेकै आवश्यकता भएको बताइन्छ।
नेपालमा आगामी राजनीतिक अस्थिरता, दलगत संघर्ष र निर्वाचन तयारीका बीच दूतहरूको फिर्तीले रणनीतिक सोच र दीर्घकालीन योजना आवश्यक गराएको छ। नयाँ दूतहरू कसरी चयन हुनेछन्, उनीहरूको प्राथमिकता के हुनेछ, र नेपालको भूराजनीतिक प्राथमिकतामा के प्रभाव पर्नेछ—यी सबै प्रश्न अहिले गहिरो ध्यानको विषय बनेका छन्।
यस परिस्थितिमा नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले संवेदनशील र परिष्कृत कूटनीति अपनाउनुपर्ने आवश्यकता बढेको छ। राष्ट्रिय हितलाई केन्द्रमा राख्दै, राजनीतिक अस्थिरता र विदेश नीति दुवै सन्तुलनमा राख्नु अत्यावश्यक देखिन्छ।
लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) बालानन्द शर्मा गत शुक्रबार नेपालका नयाँ परराष्ट्र मन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा शर्मा ज्युलाई पद तथा गोपनीयताको सपथ गराएका छन्।
प्रधानमन्त्री सुषिला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन मार्च ५ मा सम्पन्न गर्ने कार्यभार पाएका कारण यो उनको पञ्चौं मन्त्रिपरिषद विस्तार हो। शर्मा ज्यु मन्त्री परिषदमा सामेल भएपछि कुल मन्त्रीहरूको संख्या १५ पुगेको छ।
बालानन्द शर्माले नेपाली सेनामा करिब ३९ वर्ष सेवा गरेका छन्। उनले विभिन्न नेतृत्व पदमा कार्य गर्दै अन्तर्राष्ट्रिय शान्ति स्थापना मिसनमा करिब चार वर्ष योगदान पुर्याएका छन्। २०६३ सालमा माओवादी युद्धपीछिको शान्ति प्रक्रियामा उनी महत्वपूर्ण थिए; माओवादी कमाण्डरहरूको नेपाली सेनामा एकीकरणका लागि कार्यदलको संयोजकको रूपमा उनले भूमिका निर्वाह गरेका थिए।
कोरोना महामारीको समयमा बालानन्द शर्माले कोभिड–१९ संकट व्यवस्थापन समिति (CCMC) को प्रमुखको रूपमा कार्य गर्दै राष्ट्रव्यापी स्वास्थ्य संकट व्यवस्थापनमा योगदान पुर्याएका थिए। उनको नियुक्ति राजनीतिक स्थिरता र संवेदनशील भूराजनीतिक सम्बन्धमा कूटनीतिक सतर्कता आवश्यक हुने समयमा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे