
काठमाडौँ —औषधी वितरणको अनुगमन स्वास्थ्य नीति, २०७६ मा सबै तहका स्वास्थ्य संस्थाहरूबाट तोकिएबमोजिम निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ।
नागरिकलाई निःशुल्क उपलब्ध हुने औषधी तथा खोपको अभाव हुन नदिन सरकारी स्वास्थ्य संस्थाको स्तर तथा औषधीको उपयोगअनुसार औषधीको औसत मौज्दात परिमाण र आकस्मिक माग विन्दु तोकेको छ।
नेपाल सरकारले आ.ब २०८०।८१ अनुसार ,आधारभूत स्वास्थ्य सेवा अन्तर्गतका ९८ प्रकारका औषधी र १८ प्रकारका सर्जिकल सामग्री निःशुल्क उपलब्ध गराउने जनस्वास्थ्य सेवा निमायवलीमा उल्लेख छ । नेपाल सरकारअन्तर्गत हाल जिल्ला अस्पताल ६३, आधारभूत स्वास्थ्य केन्द्र १ हजार ९३७, हेल्थ पोष्ट ३ हजार ७५०, सामुदायिक स्वास्थ्य केन्द्र ८६२, नगर अस्पताल १३८, प्राथमिक स्वास्थ्य केन्द्र १६९, प्रादेशिक अस्पताल २१, शहरी स्वास्थ्य केन्द्र ६५९ समेत ७ हजार ५९९ स्वास्थ्य संस्था रहेका छन् । यी स्वास्थ्य संस्थामार्फत नेपाल सरकारले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको र नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधीसमेत यी स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको छ । निःशुल्क उपलब्ध गराउने औषधीहरू सङ्घ, प्रदेश र स्थानीय तीनै तहबाट खरिद गरी वितरण हुने गरेको देखिन्छ।
स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयरमार्फत २०८१ । ६ । ३० मा निःशुल्क उपलब्ध गराउने औषधीको सूची परीक्षण गर्दा सिटामोल ३३९, अल्बेण्डाजोल ६७२, जीवन जल ७१८, मेट्रोनिडाजोल ६६६ र आइरन चक्की ५७१ स्वास्थ्य संस्थामा मौज्दात शून्य रहेको थियो । अत्यावश्यक औषधी नियमित रूपमा आपूर्ति हुने व्यवस्था गरी मन्त्रालय र विभागबाट सोको अनुगमन पर्ने दखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे