काठमाडौं। वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर घटाएका छन् भने ६ वटाले अघिल्लो महिना असोजको दरलाई निरन्तरता दिएका छन्।
कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.२० प्रतिशतमा झरेको छ। यो दर असोजमा ५.४६ प्रतिशत रहेको थियो। यसरी हेर्दा निक्षेपको औसत ब्याजदर ०.२६ प्रतिशत बिन्दुले घटेको देखिन्छ।
सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे र एनएमबी बैंक रहेका छन्। यी दुबै बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम १ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।
यता, नेपाल बैंक, ग्लोबल आइएमई, हिमालयन, सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंकले भने असोज महिनाकै दरलाई निरन्तरता दिएका छन्।
संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२२ प्रतिशतले घटेको छ। यसले कात्तिक महिनामा समग्रमा बैंकिङ बजारमा ब्याजदरमा घटाउदै जाने प्रवृत्ति देखाएको छ।
विशेषज्ञहरूको भनाइमा, बजारमा तरलता सुधारसँगै ब्याजदर घट्ने क्रम निरन्तर जारी रहने सम्भावना देखिएको छ, जसको प्रत्यक्ष असर निक्षेपकर्तादेखि ऋणीसम्म सबैमा पर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे