
काठमाडौं, असोज ४ | शिक्षक आन्दोलनको दोस्रो दिन सुरक्षासँग सम्बन्धित भएर गृहमन्त्रीसहितको टोलीसँग शिक्षक सङ्गठनका प्रतिनिधिहरूले छलफल निष्कर्षविहीन भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ ।
वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारीको समेत सहभागिता रहेको थियो । उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले यसलाई शिक्षकको मात्र भनेर नबुझेको बताए । उनले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएका छन् ।
आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्नसमेत जिल्ला प्रशासन कार्यालयकाठमाडाैंले शिक्षकहरूसँग अनुरोध गरेको छ ।
आफनो माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे