
एजेन्सी । फ्रान्समा नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले बजेटमा खर्च कटौती र ऋण घटाउने योजना अघि बढाउँदा देशभरि बिहीबार ठूलो हड्ताल र प्रदर्शन भएको छ। प्रमुख ट्रेड युनियनहरूले लेकोर्नुको योजनालाई आलोचना गर्दै सामाजिक सेवा कटौती र खर्च घटाउने उपायहरू तत्काल रोक्न माग गरेका छन्।
युनियनहरूका अनुसार यी उपायहरूले कम तलब पाउने, अस्थायी कामदार, वृद्धवृद्धा र बिरामीहरूलाई थप समस्यामा पार्नेछन्। पुरानो सरकारले ल्याएको पेन्सन सुधार, जसले अवकाश उमेर ६२ बाट ६४ पुर्याएको थियो, त्यसको पनि विरोध हुँदैछ।
सरकारले सुरक्षाका लागि ८०,००० प्रहरी र सुरक्षाकर्मी तैनाथ गरेको छ। प्रदर्शनहरू खासगरी सडक यातायात, रेल, मेट्रो, अस्पताल र विद्यालयहरूमा असर पर्नेछ। फ्रान्स र युरोप जाने केही रेलहरू प्रभावित हुने भए पनि धेरैजसो रेलहरू सञ्चालन हुने बताइएको छ। विमानस्थलहरूमा भने हालका लागि ठूलो असर नपर्ने अनुमान गरिएको छ। सरकार र युनियनबीचको यो तिक्तता अझ चर्किन सक्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे