
काठमाडौँ, २७ चैत । राष्ट्रिय पञ्जीकरण विभागले यसअघिको बच्चाको जन्म दर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ ।
आइतबार विभागले सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न भनेको छ ।
यसअघि विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको थियो ।
आइतबार विभागले जारी गरेको आठ बुँदे परिपत्रमा ‘एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगानाबाट गर्न निर्देशन दिएको हो ।
त्यस्तै विवाह अघि बच्चा जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन भनेको छ । यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे