
काठमाडौँ, साउन १६ । सरकारले पहिलो पटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ। कोदो उत्पादन बढाउने, किसानको आम्दानी र खाद्य सुरक्षा मजबुत पार्न यो दिवस मनाइने हो। कृषि विभागले “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारा दिएको छ।
कोदोले साना किसानलाई फाइदा पुर्याउँदै जलवायु परिवर्तनको असर घटाउन मद्दत गर्छ। यसले रासायनिक मलको प्रयोग कम गरेर पनि राम्रो उत्पादन दिन सक्छ। गत वर्ष नेपालले १८ हजार मेट्रिक टन कोदो आयात गरेको थियो।
आज चाँगुनारायणमा कोदो रोपाइँ, किसानलाई पुरस्कार र अन्य कार्यक्रम हुनेछन्। प्रदेश र स्थानीय तहहरूमा पनि कोदो दिवसका कार्यक्रम भइरहेका छन्। कृषि विभागले सबै तयारी पूरा गरेको छ। कोदो बढाउने हो भने देशको खाद्यान्न सुरक्षा र किसानको अवस्था सुधार हुने विभागको विश्वास छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे