
काठमाडौँ, २२ चैत । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तामा आमाको थर राखेर प्रमाणपत्र दिन निर्देशन दिएको छ ।
बुधबार विभागका निर्देशक नवराज जैशीले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुलाई बोधार्थ सम्बोधन गर्दै ३ बुँदे सर्कुलर जारी गरेको हो ।
विवाहअघि जन्म भएको तर बुवाको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखेर जन्मदर्ता हुनेछ ।
यस्तै आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गर्न अनुरोध गरेको छ । यस्तै एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन भनेको छ।
यसरी जन्मदर्तापछि बुवाको ठेगाना पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बुवाकै ठेगानाबाट नयाँ जन्मदर्ता गरिदिन पनि निर्देशन दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे